ललितपुरका आइटीएफ खेलाडी छनोट 

आसन्न नवौँ राष्ट्रिय खेलकुदको बाग्मती प्रदेश छनोटमा सहभागिता जनाउने ललितपुरका आइटीएफ खेलाडीको टुङ्गो लागेको छ । ललितपुरबाट सहभागी हुने खेलाडीमा महिला ४५ केजीमा सञ्चिता श्रेष्ठ,५० केजीमा खुसबु रुचाल,५५ केजीमा मनीषा तामाङ, ६० केजीमा रोनिषा बराइली,६५ केजीमा जेसिका गैरे तथा ६५ केजी भन्दा माथि रजनी राजथला छन् ।
यसै गरी, पुरुष तर्फ ५० केजीमा आमोस सुनुवार,५५ केजीमा सुनिल गोले लामा,६० केजीमा समीर थापा,६५ केजीमा रमित बस्नेत,७० केजीमा सुनिल बस्नेत र ७५ केजीमा विष्णु भण्डारी छन् ।
८० केजीमा आशिष सुनुवार,८५ केजीमा राजेश बस्नेत तथा ८५ केजी भन्दा माथिको तौल समूहमा सागर बानिया छनोट भए ।
पुरुष पुम्से तर्फ निलो पेटीमा मिलन लामा, रातोमा तेन्जिङ दावा लामा र कालो पेटीमा सुनिल गोले लामा छनोट भए । दोस्रो डानमा निमा लमा र तेस्रो डानमा सागर श्रेष्ठ छनोट भए ।
महिला तर्फ निलो पेटीमा स्मारिका ग्रेस श्रेष्ठ, रातो पेटीमा मनीषा तामाङ र काला पेटीमा सृजना थिङ छनोट भए । दोस्रो डानमा सञ्चिता श्रेष्ठ छनोट भए ।
Comment