अर्याल विश्व च्याम्पियनसिपका लागि छनोट

नेपालका चिर परिचित अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालको ‘विश्व ब्याडमिन्टन च्याम्पियनसिप–२०२२“ का लागि मनोनयन भएका छन । जापानको टोकियोमा २२ देखि२९ अगस्टसम्म हुने टोटल इनर्जी बीडब्लुएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिप २०२२ मा लाइन जजको भूमिका निर्वाह गर्नका लागि विश्व ब्याडमिन्टन महासङ्घ(बीडब्लुएफ)ले नेपाल बाट अर्यालको चयन गरेको हो ।
गत वर्ष जापानमै सम्पन्न भएको टोकियो पारा ओलम्पिक खेलमा अर्यालले सहभागिता जनाएका थिए । उनी त्यस जिम्मेवारी पुरा गर्ने पहिलो नेपाली हुन् ।
सन् २०१९ को जनवरी देखि २०२२ डिसेम्बर सम्म ४ वर्षका लागि बीडब्लुएफले उनलाई सर्टीफाइड अन्तर्राष्ट्रिय लाइन जजको मान्यता दिएको थियो ।
ब्याडमिन्टन एसिया तथा बीडब्लुएफद्वारा मान्यता प्राप्त विश्व स्तरीय बिभिन्न अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाइसकेका मिल्स एरिया, विराटनगर निवासी अर्याल नेपाल बिद्युत् प्राधिकरण मा कार्यरत रहेका छन् ।
Comment