खेलकुद मै दत्तचित्त मन्त्रीको साथ पाएको  गण्डकी प्रदेश

पूर्ववर्ती सरकारले छुट्टाएको १६ करोड ४८ लाख खर्च हुन नसके पछि खेलकुदको थुप्रै पूर्वाधार विकासमा बाधा परेको छ । नवौँ राष्ट्रिय खेलकुद असोज महिनामा गण्डकी प्रदेशमा हुँदै छ । यस बिचमा केही खेल पोखरामा संरचना नभएको कारण काठमाडौँमा आयोजना हुँदै छ । उही समयमा यो पैसाले पोखरामा संरचना बनाएको भए सबै खेल अहिले गण्डकी प्रदेशमा नै आयोजना हुन सक्थ्यो भन्ने ठहर युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको छ । त्यस समयमा छुट्टाइएको बजेट फ्रिज हुनु र संरचना तयार नभएर काठमाडौँमा खेल हुनु नै बदनियत पूर्ण भएको मन्त्री गुरुङको आशङ्का छ ।
लामो समय मनाङ मर्स्याङ्दी क्लब लगायत विभिन्न क्षेत्रमा संलग्न भएर जीवन बिताएका राजीव गुरुङले प्रदेश सरकार गठन हुँदा खेल मोहकै कारण यो मन्त्रालय रोजेका थिए । त्यसो त सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउँदा त्यस भित्र थुप्रै जिम्मेवारी थिए । धेरै बजेट पनि थियो । तर, उनलाई ‘ परफेक्ट ’ र उत्कृष्ट काम गर्ने चाहनाले छोएको थियो । यसै चाहनाले  उनले मन्त्रालयको क्षेत्राधिकार खेलकुदमा सीमित गरे । यसमा नै आफूलाई केन्द्रित गरे ।
नवौँ राष्ट्रिय खेलकुद परिषद्को पूर्व सन्ध्यामा प्रदेश खेलकुदले दैनिक १५ सय रुपैयाँ दिएर केही खेलका खेलाडीलाई क्लोज क्याम्प राखेको छ । यसलाई अहिले धेरैले अनुसरण गरी रहेका छन् ।
यी यावत प्रयासका बाबजुद गुरुङ नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले राम्रो नतिजा पाउनेमा कमै आशावादी छन् । मेहनत गरेर खेलाडी उत्पादन गरे पछि बिना कुनै प्रावधान विभागीय टोलीको प्रवेश गर्ने यो शैली उनका लागि चित्त नबुझ्ने  नै हो । लामो समय प्रशिक्षण गरे पछि सामान्य रकममा  विभागीय टोलीको प्रतिनिधीत्व गर्ने शैलीले अन्य निकायलाई त असर गरेको छ । विभाग भित्र रहेका थुप्रै खेलाडीको ‘ ट्यालेन्ट कील ’ गरेको पनि उनको  बुझाइ छ ।
तथापि उनको ध्यान खेलाडीलाई राम्रो सुविधा दिने कुरामा कुनै कन्जुस्याइँ गर्ने छैनन् । प्रदेश खेलकुद परिषद्को नेतृत्व त उनका लागि उपयुक्त नै लागेको छ ।
नेपालमा कोरोना महामारीको असर नसकिँदै उनी मन्त्री भएका थिए । यसको असर यथावतै थियो । तथापि नीतिगत रूपमै खेलकुद सुधार गर्ने  उनको प्रयास जारी छ । त्यहाँको भौतिक संरचनामा प्रदेश मन्त्रालय दत्तचित्त छ । पछिल्लो समय पोखरामा जिम्न्याटिस्क, आइटीएफ र पावरलिफ्टीङका लागि बहु उद्येसीय कभर्डहल बनाउने मन्त्रालयको योजना छ ।
कर्मचारीलाई प्रशिक्षण गराउनुको विकल्प उनी देख्दैनन् । पहिलो एडभान्स प्रशिक्षण दिएर पनि सुधार नभएका अन्य विकल्पका बारे सोच्नु पर्नेमा उनी कटिबद्ध छन् ।
गुरुङ कार्यकाल अबको केही समय मात्र बाँकी छ । त्यस पछि हुने आम निर्वाचनले आसन्न मन्त्रीको जिम्मेवारीको तय गर्ने छ । तर, उनको खेल प्रतिको लगाव र विकासको चाहना भने सबै मन्त्रीका लागि अनुशरणीय नै हो ।
Comment