प्रिन्सलाई योनेक्सले पठायो सम्मान बापतको सामग्री

योनेक्स सनराइज सिंगापुरले ब्रान्ड एम्बसडर रहेका स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पहिलो किस्ता सामग्री पठाएको छ ।
ब्याडमिन्टनको जुनियर तर्फको विश्व बरीयताको शीर्ष स्थानमा पुगेका प्रिन्स सम्भवतः नेपाली खेलकुदका सबैभन्दा प्रतिभाशाली खेलाडी हुन्  उनले सो अभूतपूर्व सफलता पाए पछि योनेक्स सनराइजको नेपालको आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजले ब्रान्ड एम्बसडर  बनाएको थियो ।
इनास  इन्टरप्राइजेजका प्रोप्राइटर राजु बास्तोला आफै ब्याडमिन्टन प्रेमी भएका कारण उनको नेपाली ब्याडमिन्टनको विकासमा यस अगाडी पनि अतुलनीय भूमिका रहँदै आएको थियो । विराटनगरको अर्गानीक कृषि फर्म बन्जारा एग्रोले पनि प्रिन्सलाई ब्रान्ड एम्बसडर बनाएको थियो । यसको लगत्तै योनेक्स सनराइज सिंगापुरले प्रिन्सलाई ब्रान्ड एम्बसडर बनाएको हो ।
बास्तोला योनेक्सको बैठकमा सहभागी हुँदै हालसालै सिंगापुरबाट नेपाल फर्किएका हुन् । उनले कार्यालयमै प्रिन्सलाई ती सामग्री हस्तान्तरण गरे । इनास इन्टरप्राइजेजले अन्य नेपालका स्टार तथा जुनियर खेलाडीलाई सामग्री उपलब्ध गराएको छ । साथै विभिन्न प्रतियोगितामा प्रायोजन गरेर एनस इन्टरप्राइजेजले नेपाली ब्याडमिन्टनको विकासमा अतुलनीय योगदान गरेको छ ।
Comment