एथलेटिक्समै सक्रिय हुने मनीसको चाहना

केही समय अघि जापानमा भएको भेट्रान एथलेटिक्स च्याम्पियनसीपमा सहभागिता जनाएका मनीस जोशी नेपालमा भेट्रान एथलेटको सम्भावना राम्रो देख्छन् आफुले ५ मिनेट ३५ सेकेन्डमा १ हजार ५ सय मिटरको दुरी पुरा गरे पछि उत्साहित मनीस सहित ११ जनाले भेट्रान च्याम्पियनसीपमा सहभागिता जनाएका थिए । त्यसै एथलेटिक्स प्रतियोगितामा धर्म मर्हजन १० हजार मिटरमा तेस्रो भएका थिए । यस अघि मलेसियामा भएको बिश्व च्याम्पियनसीपको ट्रायथलनको मास्टर स्पर्धामा प्रापत सफलताले पनि भेटान एथलेटको सम्भावना बढी भएको उनी बताउछन् ।
विगत १० बर्ष देखि भेट्रान एथलेटिक्सको विभिन्न गतीबीधीमा संलग्न मनी आफू परिचित एथलेट नर्भ पनि बाबु गजराज जोशीका कारण एथल्टिक्ससंगको साइनो बलियो भएको बताउछन् । यसै कारण उनी एसियाडमा सहभागि हुने पहिलो नेपाली उनका बाबु गजराज जोशीका नाममा विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् ।
उनले यस क्रममा काठमाडौ उत्तरी भेगका विभिन्न ब्यक्तिलाई सम्मान गर्नुका साथै नेपाल राष्ट्रिय तथा न्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने सम्मान कार्यक्रममा लाइफ टाइम एचीभमेन्ट अवार्डको पनि प्रायोजन गर्ने गरेका छन् । घरायसी वातावरणका कारण एथलेटिक्समा सक्रिय मनीस बर्तमान समयमा एथलेटिक्समा नेपालको अबस्था राम्रो नभएकोमा दुखी पनि छन् । उनी आफै पनि एथलेटिक्सको दुनियामा प्र्रबेश गर्न चाहन्छन् । एथलेटिक्स संघले सम्झीएमा यो दुनियामा प्रबेश गर्ने उनको सोच रहेको छ ।
manish joshii

Comment