महासङ्घको जिम्मेवारी बाँडफाँड

अखिल नेपाल खेलकुद महासङ्घले  जिम्मेवारी बाँडफाँड तथा केन्द्रीय समिति बिस्तार गरेको छ । महासङ्घको केन्द्रीय समिति बैठकले  टक्क बहादुर शाहीलाई कर्णाली प्रदेशको इन्चार्ज तथा उपाध्यक्षको जिम्मेवारी दिएको छ भने विश्वामित्र सन्जेललाई संयोजक तथा सचिवको जिम्मेवारी दिने निर्णय  गरेको छ ।
गेहेन्द्र ढकालले लुम्बिनी प्रदेशका इन्चार्ज तथा उपाध्यक्षको जिम्मेवारी पाए । विष्णु ढकाललाई सोही प्रदेशको संयोजक तथा सचिवको जिम्मेवारी दिइएको छ । प्रदीप थापालाई सचिवको जिम्मेवारी तोकेको छ ।
अर्जुन बहादुर केसीको संयोजकत्वमा केन्द्रीय सल्लाहकार कमिटी विस्तार भ एको छ । सल्लाहकार कमिटीमा प्रकाश लाल श्रेष्ठ र हरिशरण केसी छन् ।
जसपाको खेलकुद विभाग प्रमुख छाडेर अखिल नेपाल खेलकुद महासङ्घका प्रवेश गरेका राम जी बहादुर श्रेष्ठलाई महासङ्घले उपाध्यक्षको जिम्मेवारी दिएको छ । गणेश कक्षपतीलाई सचिवको जिम्मेवारी दिइएको छ ।
महासङ्घको बैठकले माधव देवकोटा, मनोज घिमिरे, राजु रानाभाट र जनक गौतमलाई समितिमा लैजाने निर्णय गरेको छ ।
Comment