रिङ रेस्लिङको अन्तर्राष्ट्रिय तालिम हुने

 नेपाल रिङ रेस्लिङ सङ्घ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सङ्घद्वारा सञ्चालित लैनचौरस्थित रिङ रेस्लिङ एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष व्यावसायिक रिङ रेस्लिङ तालिम  जापनिज प्रशिक्षकद्वारा दिइनेछ । व्यावसायिक रिङ रेस्लिङ बन्ने इच्छुक रेस्लरहरुले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्ने  संघले जनाएको छ ।
यो विशेष तालिम जम्मा ५० जनालाई निःशुल्क प्रदान गरिने समेत संघले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली रिङ रेस्लरहरुको सहभागिता बढाउने उद्देश्यले तालिम सञ्चालन  गरिनेछ ।तालिममा रिङ रेस्लिङसँगै खेल मनोविज्ञान,आहार र आकस्मिक उपचार पनि समावेश गरिने जनाइएको छ ।
छनौट भएका रेस्लरहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराउने सङ्घले  जनाएको छ ।
Comment