आइटीएफ वार्षिकोत्सव सुरु 

 नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती शनिवार सुरु भयो । शनिवार नेपाल आइटीएफले भक्तपुर स्थित मानव सेवा आश्रममा बृद्धहरुलाई भोजन गराउँदै  वार्षिकोत्सवको सुरुवात गरेको हो । खेलकर्मीको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै नेपाल आइटीएफले यस किसिमका कार्य विगत देखि नै गर्दै आएको छ । भोजन कार्यक्रममा नेपाल आइटीएफका अध्यक्ष अञ्जन धमला, महासचिव अन्जु रावत र उपाध्यक्ष कल्पदिप राई लगायतको उपस्थिति थियो ।
वार्षिकोत्सवका अन्य कार्यक्रम पोखरामा केही समयमा नै सुरु हुने छ ।
पोखरामा हुने कार्यक्रममा वर्षको उत्कृष्ट खेलाडी, वर्षको उत्कृष्ट प्रशिक्षक, राइजिङ स्टार, आउटस्ट्यान्डीङ अवार्ड  र उत्कृष्ट जिल्ला सङ्घलाई पुरस्कृत गरिने छ । नेपाल आइटीएफको इतिहासमा पहिलो पटक निर्माण भएको नेसनल तेक्वान्दो आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने  खाँडादेवी गाउँ पालिकाका पूर्व अध्यक्ष प्रेम बहादुर तामाङलाई पनि सम्मान गरिने छ । यसै गरी, नेपाल आइटीएफका संस्थापक खड्ग बहादुर रानाभाटलाई पनि सम्मान गरिएको छ ।
वार्षिकोत्सव समारोह राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङको प्रमुख आतिथ्यमा हुने जनाइएको छ ।
Comment