आइटीएफको वार्षिकोत्सव तथा रजत जयन्ती मनाइँदै  

 नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती शनिवार र आइतबार भव्यताका साथ मनाउँदै छ । वार्षिकोत्सवको तयारी पुरा भएको अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । शनिवार बिहान भक्तपुरमा वृद्ध बद्धालाई भोजन गराएर सुरु हुने वार्षिकोत्सवका अन्य कार्यक्रम पोखरामा हुने छ ।
पोखरामा आइतबार वर्षको उत्कृष्ट खेलाडी, वर्षको उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट जिल्ला सङ्घलाई पुरस्कृत गरिने छ । नेपाल आइटीएफको इतिहासमा पहिलो पटक निर्माण भएको नेसनल तेक्वान्दो आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने  रामेछापको खाँडादेवी गाउँ पालिकाका पूर्व अध्यक्ष प्रेम बहादुर तामाङ र नेपाल आइटीएफका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट लगायतलाई पनि सम्मान गरिने छ ।
वार्षिकोत्सव समारोह राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको प्रमुख आतिथ्यमा हुने महासङ्घले जानकारी गराएको छ ।  ।
Comment