विपद् उद्धार भेहिकल हस्तान्तरण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धारका लागि सवारी सधान हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमबिच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा सवारी गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरे । खाँणले अत्याधुनिक ती सवारी साधन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघि बाटै आवश्यक उपकरणहरू जुटाउन आवश्यक रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठुला घटनामा उद्धार गर्न र  ठुला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न यो प्रयास सहयोगी हुने विश्वास व्यक्त गरे ।
Comment