डब्लुटी अनलाइन च्याम्पियनसिपमा लामा मनोनीत

दक्षिण कोरियाको मुजु सहरमा आयोजना हुने मुजु तेक्वान्दो अनलाइन २०२२वर्ल्ड तेक्वान्दो पुम्से ओपन च्यालेन्जमा नेपालका नोर्बु लामाले रेफ्रीको  भूमिका निर्वाह गर्ने छन् । प्रतियोगितामा संसारका ६४ जना अन्तर्राष्ट्रिय रेफ्रिले सञ्चालन गर्ने छन् ।
च्याम्पियनसिपका लागि सबै खेलाडीले शुक्रवारसम्म भिडियो पठाइ सक्नु पर्ने छ । उमेर समूहको आधारमा खुला, राष्ट्रिय र टिम इभेन्टमा प्रतिस्पर्धा हुने छ ।
च्याम्पियनसिपको पहिलो चरण २४ देखि २७ जुलाईसम्म हुने छ । ३ देखि ७ अगस्टसम्म सेमिफाइनल तथा २२ देखि २४ अगस्टसम्म फाइनल  प्रतिस्पर्धा हुने छ । २७ अगस्टमै विजेताको घोषणा हुने छ ।
यस अघि लामाले १२ औ विश्व पुम्से च्याम्पियनसीपमा  पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनी दोस्रो क्लास तेक्वान्दो पुम्से रेफ्री हुन् । यस अगाडी उनले सन् २०१९,२०२० र २०२१ को एसिया ओपन र प्रेसिडेन्ट कप एसियाली खुला तेक्वान्दोमा रेफ्रीको भूमिका निर्वाह गरी सकेका छन् ।
Comment