नेपाली टिम छाडेका पुबुदु क्यानडाको प्रशिक्षक


नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा घोषणा गरेको केही समयमा नै पुबुदु दसानायके क्यानडाको प्रशिक्षक नियुक्त भएका छन् ।
उनलाई प्रशिक्षक नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ । उनी दोस्रो पटक क्यानडको प्रशिक्षक नियक्त भएका हुन्। श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका पुबुदु अहिले क्यानडाका नागरिक हुन् ।
यसअघि पुबुदुले बुधबार दिउँस ा आकस्मिक पत्रकार सम्मेलन गर्दै दिएका थिए । २५ मंसिरमा दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन ्।
५२ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए ।
पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी–२० विश्वकप खेलेको थियो ।

 

Comment