दोस्रो चरणमा १८ खेलाडी छानिए

एसिया रग्बीको आयोजनामा हुन गई रहेको एसिया रग्बी सेभेन्स ट्रफी २०२२ ( एआरएसडी) मा सहभागी नेपाली टोलीको दोस्रो चरणको छनोट सकिएको छ ।
नेपालको यो चौथो पटकको सहभागिता हो । दोस्रो चरणमा छनोट हुने खेलाडीमा एलिसा थापा, सृजना राई, सावित्री पुर्जा, मनीषा थापा मगर,
सबिना महर्जन, मञ्चमाया श्रेष्ठ, नानी तामाङ र सुजिना गुरुङ छन् ।
यसैगरी, अपना पौडेल, सञ्चिता बमजन, प्रतीक्षा वाग्ले, पुनम भुजेल, अप्सरा कार्की, विशाखा राई र सुषमा थापा पनि छनोट भए । यसैगरी, शर्मिला राई, विनीता शाही र अस्मिता बस्नेत पनि छनोट भएका छन् ।
इन्डोनेसियाको जकार्तामा ६ र ७ अगस्टमा हुने प्रतियोगितामा सहभागी जनाउने टोलीको बन्द प्रशिक्षण अहिले काठमाडौँमा भई रहेको छ । नेपालले महिला स्पर्धामा मात्र सहभागिता जनाउँदै छ । बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट दोस्रो चरणमा १८ खेलाडीको छनोट भएको हो ।
नेपाली पुरुष रग्बी टोलीले भने भर्खरै बङ्गलादेशमा भएको वङ्गबन्धु बङ्गलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा सहभागिता जनाएको थियो ।
उक्त बन्द प्रशिक्षणमा टङ्क राज गिरि र विनोद तामाङले प्रशिक्षण दिई रहेका छन् ।
Comment