राष्ट्रव्यापी फुल कन्ट्याक्ट सुरु


मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्    (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको उपस्थिति थियो । प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन् । ७१ औं मदन जयन्तीका अवसरमा हुन लागेको प्रतियोगितामा पुरुषमा २ र महिलामा १ गरी ३ स्पर्धामा भिडन्त भइरहेको छ । पुरुष÷महिला खुला र पुरुष ५५ केजीमुनि खेल भइरहेको छ । प्रत्येक तौलसमूहमा प्रिक्वाटरफाइनल खेल सम्पन्न भयो ।
खुलाका विजेताले जनही ५० हजार र बाँकी १ तौलसमूहमा पहिलो हुनेले २५ हजार नगद पुरस्कार पाउने   छन् ।

Comment