प्रहरी स्कुललाई दोहोरो उपाधि


नेपाल प्रहरी स्कुल (एनपीएस) ले बाग्मती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । प्रहरीको दुवै ब्वाइज÷गल्र्स टोली उपाधि चुम्न सफल भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ब्वाइज फाइनलमा प्रहरीले प्रारम्भलाई ३–१ ले पराजित ग¥यो । फेरिल्यान्ड तेश्रो भयो ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा नेपाल रग्बी संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा प्रहरीले जोसेफलाई ‘ड्रप बल’ मा २–० ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । पारामाउन्ट तेश्रो भयो ।

ब्वाइजमा प्रहरीका पदम चौलागाईं तथा गल्र्समा पारामाउन्टकी एलिना राई उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी, सविच गोविन्द घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगिताको ब्वाइजमा १० तथा गल्र्समा ९ टिम सहभागी थिए ।

Comment