दुबईमा नेपाली ब्याडमिन्टन कम्युनिटी च्याम्पियन 

युएई स्थित नेपाली ब्याडमिन्टन कम्युनिटीका खेलाडीले १० दिनकै अन्तरालमा महत्त्वपूर्ण सफलता पाएका छन् । दुबईको प्राइम स्टार स्पोर्ट्स एकेडेमी,अल क्वासीस इन्डस्ट्रीयल एरिया १ मा सोमबार भएको एनबीसी कप २०२२ को उपाधि  कम्युनिटीका खेलाडीले जितेका हुन् ।
टिम च्याम्पियनसिपको अवधारणामा सञ्चालित सो प्रतियोगितामा एनबीसी युएईका तर्फबाट दिवस शंकर,एसिया जबेगु, ज्ञानु बराल र पुरुषोत्तम ओलीले प्रतिस्पर्धा गरेका थिए ।
उपाधि विजेता एनबीसी टोलीले कपका साथै १० हजार एईडी (३ लाख ५० हजार रुपैयाँ)  बराबरको पुरस्कार पाएका छन् ।
विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि भारतीय ब्याडमिन्टन एसोसिएसनका उपाध्यक्ष भारतीय प्रमुख ब्याडमिन्टन प्रशिक्षक पुलेला गोपी चन्दले पुरस्कार प्रदान गरे । प्रमुख अतिथि गोपीचन्दले नेपालको राष्ट्रिय टिमको प्रतिनिधीत्व गर्ने खेलाडी नभए पनि उनीहरूको खेल आशालाग्दो भएको बताएका छन् ।
यसको १० दिन अगाडी एनबीसी युएई का सानीया र साहील चन्दले दुबई स्कुल गेम २०२२ मा स्वर्ण पदक जितेका थिए ।
रोजगारीको सिलसिलामा संसारबाट त्यहाँ पुगेको ब्याडमिन्टन खेलाडीको अलग अलग सर्कल बनेको छ । धेरै प्रभाव राखेको भारतीय ब्याडमिन्टन सर्कललाई पछिल्ला दिनमा एनबीसीले टक्कर दिई रहेको छ । प्रदेश १ पाँचथरकाका परिचित खेलाडी दिवस र एसियाको उपस्थितिमा नेपाली टोली अझ बलियो बनेको एनबीसीका प्रशिक्षक सुमन उदयले बताए ।
Comment