आयोजक कोटेश्वरलाई पहिलो स्थान

काठमाडौं महानगर तेक्वान्दो प्रतियोगितामा आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ पहिलो भएको छ । आयोजक डोजाङले ५ स्वर्ण, २ रजत तथा ५ काश्य पदक जितेको छ । ४ स्वर्ण, २ रजत तथा २ काश्य पदक सहित बाँके दोस्रो भयो भने चन्द्रागिरि तेक्वान्दो डोजाङ ४ स्वर्ण, १ रजत तथा ३ कांस्य पदक सहित तेस्रो भयो ।
ग्योरोगीमा पुरुष तर्फ चाँदनीका समीर तामाङ महिला तर्फ राष्ट्रिय विभूतिकी पुष्पा रखाल मगर उत्कृष्ट खेलाडी भए ।
पुम्सेमा पुरुष तर्फ बागलुङका लभन विके तथा महिला तर्फ स्युचाटारकी मोनिका मगर उत्कृष्ट भए । आफ्नो विधामा उत्कृष्ट हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
Comment