शंकर र एसियाले जिते पदक

पाँचथरका  दिवस शंकर र एसिया जवेगुको जोडीले दुबईमा भएको “बेसलाईन ब्याडमिन्टन च्याम्पियनसिप २०२२ ’को पुरुष युगल स्पर्धामा  तेस्रो स्थान हात पार्न सफल भएका छन । उनीहरू ५ चरणमा सफलता पाउँदै सेमीफाइनलमा प्रवेश गरेका हुन् ।
दिवस र एसिया १ जेठमा त्यस प्रतियोगितामा सहभागी हुनका लागि दुबई तर्फ प्रस्थान गरेका थिए । घरेलु प्रतियोगितामा दिवस नेपाल आर्मीको प्रतिनिधीत्व गर्छन्  भने एसिया पाँचथरकै प्रतिनिधीत्व गर्छन् ।
 दुबई ब्याडमिन्टन एसोसिएसनबाट  मान्यता प्राप्त राष्ट्रिय अम्पायर ज्ञानु बरालले पहिलो चरण देखि फाइनलसम्म नै खेल सञ्चालन गरेकी थिइन् । ।प्रतियोगिता बेसलाइन ब्याडमिन्टन एकेडेमीले सञ्चालन गरेको हो ।
फाईनलसम्मको खेलहरुमा उनी संलग्न थिइन् ।
 गुल्मी घर भएकी बराल रोजगारीको सिलसिलामा दुबई गएर त्यहाँ भएको बिभिन्न ब्याडमिन्टन प्रतियोगितामा सहभागिात जनाउने गरेकी छिन् । साथै उनी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरुमा समेत अम्पायरिङ गरिसकेकी छिन् ।
प्रतियोगिताको उपाधि विजेता जोडीले १ हजार डिराम पुरस्कार पाएका छन् । सेमिफाइनलमा नेपाली जोडी भारतका दिपु भी र जुनेद पिभीसँग १८–२१,२१–१४,१६–२१ ले पराजित भएको हो । प्रदेश १ मा आयोजना हुने धेरै प्रतियोगितामा एसिया र दिवसको जोडीले सफलात पाइसकेको छ ।
Comment