मुवाथाई टोली अबुधावी प्रस्थान 

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा आयोजना हुने विश्व मुवाथाइ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली त्यस तर्फ प्रस्थान गरेको छ । टोलीलाई जीपी कोइराला  फाउन्डेसन  खेलकुद विभाग बाग्मती प्रदेशकी अध्यक्ष तुलसी थापा मगरले बिदाइ गरिन् ।
सुदिप पण्डित रेफ्रिको रूपमा सहभागी छन् । सुदिपले टोलीको नेतृत्व पनि गरेका छन् ।  यसै गरी, दीपक गोदार र उमेश कुमार खड्का प्रशिक्षकको रूपमा सहभागी भएका छन् । प्रतियोगिताको ६७ किलो तौल समूहमा एलीस आचार्यले सहभागिता जनाउने छन् ।
Comment