सगरमाथा अन्तर्राष्ट्रिय कराते जेठ दोस्रो साता

नेपाल सितेरियो कराते सङ्घको वार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २३ औ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोगमा आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता १३देखि १५ जेठ सम्म आयोजना हुने भएको छ ।
दशरथ रङ्गशालाको कभर्ड हलमा सञ्चालन हुने तीन दिने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र भुटानका करिब १ हजार खेलाडीको सहभागिता रहने आयोजक कमिटीका संयोजक गजेन्द्र बहादुर खपाङ्गी(ईश्वर) ले जानकारी दिए । प्रतियोगितामा काता र कुमतेमा गरी २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।
Comment