बिके बोसको निधन 

ब्याडमिन्टन खेलाडी तथा मकवानपुरका उद्यमी बिके बोसको निधन भएको छ । मङ्गलवार दिउँसो चितवनस्थित चितवन मेडिकल कलेजमा बोसको निधन भएको हो । ६१ वर्षीय बोस लामो समयदेखि खुट्टाको क्यान्सरको उपचार गराइरहेका थिए ।
हेटौँडा–४, गर्दोईका बोसको मङ्गलवार नै हेटौँडा–९, कुष्माण्ड त्रिवेणी धाममा अन्त्येष्टि गरिएको छ । लामो समय हेटौँडा औद्योगिक क्षेत्रस्थित सुपर लेमिकोट्स प्रालिको व्यवस्थापकको रूपमा काम गरेका बोसले पछिल्लो समय नारायणी मिल्क इन्डष्ट्रिज सञ्चालन गर्दै आएका थिए ।
मकवानपुर जिल्ला ब्याड्मिन्टन सङ्घको अध्यक्ष समेत रहेका  बोस ब्याडमिन्टन खेलको भेट्रान खेलाडी थिए । ब्याडमिन्टन खेलको विकासमा सदैव अग्रसर  बोसका छोरा अभिषेक र छोरी माधवी दुवै खेलाडी राष्ट्रिय स्तरका खेलाडी हुन् । उद्योग सङ्घ मकवानपुरको द्वितीय उपाध्यक्षसम्म भएका बोस मकवानपुर उद्योग वाणिज्य सङ्घको एसोसिएट तर्फका सदस्य थिए ।
Comment