गोर्खाली र बडी मालीकालाई रग्बी उपाधि

चितवनको भरतपुरमा शनिवार सम्पन्न भएको यु २० राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि गोर्खाली रग्बी क्लबले जितेको छ । उपाधि जित्ने क्रममा गोर्खालीले फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५–३ ले हराएको हो ।
महिला तर्फको उपाधि बडि मालीका रग्बी क्लबले जितेको छ । फाइनलमा बडीमालीकाले हिमालयन रग्बी क्लबलाई १०–० को फराकिलो अन्तरले हराएको हो ।
पुरुष तर्फ रोहण डङ्गोल तथा महिलामा अर्पणा थापा उत्कृष्ट खेलाडी भए । दुवै विजेता टोलीका सदस्य हुन् ।
 नेपाल रग्बी सङ्घ र चितवन जिल्ला रग्बी सङ्घको सहकार्यमा भएको प्रतियोगिताको मुख्य प्रायोजक अंकुरम एकेडेमी चितवन तथा सह प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेसन थिए । यसै गरी,  सेन्टर कलेज अफ ट्रेनिङ प्रालिले पनि प्रायोजन गरेको थियो ।
प्रतियोगिताको उद्घाटन बाग्मती प्रदेश खेलकुद विकास परिसदका सदस्य सचिव सूर्य भण्डारीले गरेका थिए भने समापन नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले गरे । एक दिन चलेको प्रतियोगिता रेफ्रीहरु प्रेम बहादुर कोइराला, श्रीराम श्रेष्ठ, सुजिना गुरुङ, विराट श्रेष्ठ र म्याच कमिस्नर टङ्कराज गिरीले सञ्चालन गरेका थिए ।
Comment