प्रधानमन्त्री कप ब्याडमिन्टन सुरु

योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय ¥याङकीङ खुला ब्याडमिन्टन प्रतियोगिता सोमबार सुरु भयो । नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा १७२ खेलाडीको सहभागिता छ ।
  हरिलाल धर्मदेवी मेमोरियल ट्रस्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे ।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारिणी सदस्य नन्दा बस्याल,परिषद्का बोर्ड सदस्य रिम रानाभाट, परिषद्का पूर्व उपाध्यक्ष तथा नेपाल ब्याडमिन्टन सङ्घका पूर्व उपाध्यक्ष पीताम्बर तिम्सिना र नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो ।
उद्घाटन समारोहमा बोल्दै पूर्व तिम्सिनाले परिषद् बजेटको रातो किताबमा परेको प्रतियोगिताको रकम आयोजक कमिटीकै स्वामित्वमा रहनेमा जोड दिए ।
पहिलो दिन भएको पुरुष एकलको खेलमा पविन लिनथेपले टेक बहादुर घर्तीलाई २१–११, २१–९ ले हराए । अर्को खेलमा पूर्ण बहादुर थापाले मधुसूदन पाठकलाई २१–११, २१–९ ले तथा चक्र साउदले २१–१७,२१–१७ ले हराए । यसैगरी,पुरुष एकलकै अन्य खेलमा क्षितिज खनालले अनिल मल्ललाई २१–१३, २१–९ तथा प्रदीप अधिकारीले सौरभ बमलाई २१–१०,२१–१८ ले हराए ।
यु–१९ तर्फको खेलमा हिमाल चन्दले अविनाश कार्कीलाई  २१–१०,२१–१८ ले, दिपन गायकले आलोक लामालाई २१–७,२१–११ ले तथा सुमित थोकरले प्रवीण उपाध्यायबाट वाक ओभर पाए ।
यसैगरी सुनिल कार्कीले सिद्धार्थ महर्जनलाई २१–७,२१–११ ले, रोहित बरालले अनीश गुरुङलाई २१–१२,२१–१५ ले तथा सुशील चन्दले महेश खड्कालाई २१–१०,२१–१८ ले हराए । निसान कटुवालले मौलिक बज्राचार्यलाई २१–१०,२१–१८ ले हराए भने ऋषि केश बरालले बिक श्रेष्ठ तथा रोधन राईले रूपक खड्काबाट वाक ओभर पाए । अभय महराले प्रभोस रत्न शाक्यलाई २१–१५,२१–९ ले तथा सुरज तिमल्सीनाले रुमु हाङ राईलाई २१–१२,२१–१६ ले तथा लक्ष्मण रत्नले वविस थापालाई २१–१४,२१–१८ र २१–१९ ले हराए ।
प्रतियोगिताको मुख्य प्रायोजक टाइगर ब्रुअरीको अन्नपूर्ण छ भने योनेक्स सनराइजको मुख्य भूमिका रहेको छ । यसै गरी वेभरेज पार्टनरको रूपमा आरसी कोला तथा प्रोमोटरमा १०० स्पोर्ट्स तथा खेतान स्पोर्ट्स फाउन्डेसन छन् । प्रतियोगिताको टिकटीङ पार्टनर सजिलो पे रहेको छ ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल,यु–१५ व्वाइज, यु–१५ र्गल्स, यु–१९ ब्वाइज र यु–१९ र्गल्स स्पर्धा समावेश छन् । यसै गरी, मास्टर खुला ५५ वर्ष माथि तथा मास्टर खुला ४५ वर्ष माथिको स्पर्धा पनि समावेश गरिएका छन् ।
प्रतियोगिताको खुला एकल तर्फका विजेताले १ लाख १५ हजार तथा उपविजेताले ५५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसै गरी, सेमिफाइनलीस्टले १५ हजार रुपैयाँ पाउने छन् ।
१५ वर्ष मुनीको समूहमा उपाधि विजेताले १० हजार, उपविजयीले ५ हजार तथा सेमिफाइनलीस्टले ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । १९ वर्ष मुनिको समूहमा उपाधि विजेताले १५ हजार, उपविजयीले ७ हजार  तथा सेमिफाइनलीस्टले ३ हजार ५ सय रुपैयाँ पाउने छन् ।
पुरुष युगलको उपाधि विजेताले ५० हजार, उपविजयीले २५ हजार  र सेमिफाइनलीस्टले १० हजार रुपैयाँ पाउने छन् ।
मास्टर्स तर्फको उपाधि विजेताले ३५ हजार, उपविजयीले २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सञ्चालन वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको छ ।
यस प्रतियोगितामा संलग्न योनेक्स नेपाली ब्याडमिन्टनको पायनीयर बनी सकेको छ । पछिल्ला केही वर्ष यता थुप्रै ब्याडमिन्टन प्रतियोगितामा योनेक्सको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । प्रतियोगिता प्रायोजन र खेलाडी प्रायोजन दुवै क्षेत्रमा योनेक्सले सहयोग गर्दै ब्याडमिन्टन विकासमा अतुलनीय योगदान गरेको छ ।
Comment