पुनमलाई काँस्य

थाइल्यान्डको फुकेटमा सञ्चालन भई रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ खेलाडी पुनम रावलले महिला ६० के.जी. तौल समूहमा काँस्य पदक जित्न सफल भएकी छन् । वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले फिलिपिन्सकी रिजा पासाउटसंग ३– २ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरीन् । फाइनलमा रिजाले ले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् । त्यस्तै अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ ५१ के.जी तौल समूहमा थाइल्यण्डका मुक्केवाज जुटामस जिटपङसंग ४–१ को स्पिलत डिसिनन्मा हार व्यहोरी पदकबाट वञ्चित भइन् ।
यस अघि नेपालका एक मात्र पुरुष खेलाडी ६३ के.जी भूपेन्द्र थापा भियतनामसँग, महिला ५७ के.जी. मा इटालीका २०२० ओलम्पिक पदक विजेतासँग नेपालकी चन्द्रकला थापा र ४८ के.जी. तौल समूहमा सुर्मा तामाङ इटालीकै खेलाडी सँग ३–२ को स्पिलत डिसिजनमा हारेकी थिइन् । सन् २०१० मा दीपक महर्जनले जितेको काँस्य पछि नेपालले थाइल्यान्ड ओपन बक्सिङ प्रतियोगितामा पदक जित्न सफल भएको हो ।
Comment