नयाँ वर्षमा आरडब्लु समरस्लाम हुने 

आउँदो वर्षको पहिलो दिन नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा दोस्रो आर डब्लु समरस्लाम हुने भएको छ । नुवाकोटको दुप्चेश्वरमा आयोजना हुने प्रतियोगिताको लागत १२ लाख रुपैयाँ रहेको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगिताको हेभिवट उपाधि विजेताले ८५ हजार तथा हार्डकोर विजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।  ट्रिपल थ्रेट विजेताले ४५ हजार तथा ट्याग टिम विजेताले ६० हजार रुपैयाँ पुरस्कार  पाउने छन् । यसैगरी, लाइटवेट विजेताले ४० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
Comment