राखेप सदस्यसचिव घिसिङलाई सर्वोच्चबाट सदर

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव टंकलाल घिसिङलाई सर्वोच्च अदालतले सदर गरेको छ । सरकारले कानुन विपरीत हटाएको भन्दै पूर्व सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि घिसिङलाई सदर गरेको हो। मङ्गलवार न्यायाधीश द्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।
सरकारले १ कात्तिकमा सिलवाललाई राखेपको सदस्यसचिवबाट बर्खास्त गरेको थियो। सरकारले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै सरकारले उनलाई बर्खास्त गरेको थियो । त्यसरी बर्खास्त गर्नु कानुन विपरीत भएको भन्दै सिलवाल सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका थिए । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदस्य सचिवमा नियुक्त गरेको थियो ।
सिलवाललाई हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकारले टंकलाल घिसिङलाई सदस्यसचिवमा नियुक्त गरेको थियो ।
Comment