जीपी कोइराला फाउन्डेसनको कार्यक्रम अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा

जीपी कोइराला कोइराला फाउन्डेसन र यसका गतिविधिको सर्वत्र चर्चा र प्रशंसा बटुल्न थालेको छ । यस फाउन्डेसनको खेलकुद विभाग बाग्मती प्रदेश कमिटीले दुई साता अघि आयोजना गरेको प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको प्रशंसा सर्वत्र हुन थालेको छ ।
लन्डनबाट प्रकाशित हुने म्यागजीन टोटल्ली तेक्वान्दोले समाचारलाई प्राथमिकता साथ प्रकाशित गरेको छ ।
कार्यक्रमको अन्तर्राष्ट्रिय स्तरबाट समेत महत्त्व दिइएकाले आफूलाई खसी तुल्याएको प्रतियोगिता संयोजक तुलसी थापा मगरले बताइन् । यस प्रतियोगिता पछि नेपाली आइटिएफको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो भएको तथा भविष्यमा अझ भव्य प्रतियोगिता आयोजना गर्न उत्साह थपिएको समेत उनले बताइन् ।
थापाले प्रतियोगिताको सफलतामा जीपी कोइरालाको  फाउन्डेसनको नेतृत्वको अह भूमिका रहेको बताउँदै फाउन्डेसन नेतृत्वले आगामी दिनमा पनि यसै किसिमको सहयोग गर्ने कुरामा विश्वास व्यक्त गरिन् ।
Comment