सञ्जीवले अस्ट्रेलियामा जिते उपाधि

नेपालका सञ्जीव खड्काले तास्मनीया ओपन ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को उपाधि जितेका छन् ।
प्रतियोगिताको पुरुष एकलमा १ सय ९ जना खेलाडीको सहभागिता थियो । कैलालीका खड्का विगत केही वर्ष देखि अध्ययनको क्रममा अस्ट्रेलियामा छन् । ब्याडमिन्टन  खेल्ने र प्रशिक्षण दिने दुवै कुरामा उत्तिकै सक्रिय सञ्जीवलाई गत वर्ष स्पोर्ट्स पर्सन अफ द इयर अवार्ड दिएको थियो ।
गत वर्ष देखि मलेसियाको फेलेट कम्पनीमा आबद्ध उनले हालै त्यस सम्झौतालाई एक वर्षका लागि नवीकरण गरेका छन् ।
सधैँ सत्यको पक्षमा आवाज उठाउने सञ्जीव अस्ट्रेलिया प्रस्थान गर्ने बित्तिकै उनको नाम नेपाल ब्याडमिन्टन संघले बरीयताबाट हटाइएको थियो ।
Comment