हल अफ फेम पछि राधिका थप उत्साहित

कराँते प्रशिक्षक तथा सेल्फ डिफेन्सकी प्राविधिक प्रमुख राधिका हमालले आफूले पाएको हल अफ फेम अवार्ड प्रति गर्वको अनुभूति गरेको बताएकी छिन् । केही लिन अघि मात्र उनले प्रथम माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय मार्सल आर्ट एन्ड स्पोर्ट्स हल अफ फेम पाएकी थिइन् ।
हलिउडका एक्सन स्टार तथा ग्रान्डमास्टर सिल्भीयो सिमाक तथा प्रथम माउन्ट एभरेस्ट हल अफ फेमका संस्थापक अध्यक्ष एवं हल अफ फेमका कार्यकारी अधिकृत लालन लामा लगायतले हल अफ फेम अवार्ड दिए । यसले नेपाली खेलकुदमा थप सृजनात्मक काम गर्न प्रेरित गरेको राधिकाले बताएकी छिन् ।
Comment