वसन्तपुरमा हेरिटेज रेस्लिङ


नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा प्रथम हेरिटेज आरडब्लु राष्ट्रिय रेस्लिङ प्रतियोगिता चैत १९ गते हुने भएको छ ।
हेभी वेट च्याम्पियनले १ लाख ५ हजार, हार्डकोर च्याम्पियनले ८५ हजार, मिडिल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाइट वेट च्याम्पियनले ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रेफ्री प्रदीप पाण्डे, विकास खड्का र शिसम मैनीले प्रतियोगिता सञ्चालन गर्ने छन् ।
काठमाडौँको वसन्तपुर डबलीमा हुने एक दिने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुने आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । राष्ट्रिय खेलकुद परिषद्, काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकासहित अन्य संस्थाको सहयोग रहने बताइएको छ ।

Comment