योग बहादुर भरतपुर महानगर खेलकुद महासङ्घका अध्यक्ष

नेपाल खेलकुद महासङ्घ भरतपुर महानगरपालिकाको प्रथम अधिवेशनबाट सर्वसम्मत रूपमा योग बहादुर गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । खेलाडी , प्रशिक्षक, पदाधिकारी तथा खेल शुभेच्छुकको भेलाले गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी घोषणा गरेको हो ।
 अधिवेशनको महासङ्घका अध्यक्ष कृष्ण बस्नेत (परशुराम) ले भरतपुर स्थित नेकपा एमालेको पार्टी कार्यालयमा उद्घाटन गरे । नेकपा एमालेको जन वर्गीय सङ्गठन नेपाल खेलकुद महासङ्घले ५ सम्ममा ७७ जिल्ला तथा  सबै पालिका अन्तर्गतका कमिटी हरू बनाउँदै क्रियाशील बनाउने नीति लिएको छ ।
यसै नीति अनुसार  सात प्रदेश तथा उपत्यका विशेष कमिटीको गठन गरिसकेको छ । आगामी स्थानीय निर्वाचन लाई समेत मध्यनजर गरी गत २८ र २९ चैतमा काठमाडौँमा बसेको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकको निर्णयबाट महासङ्घका निवर्तमान उपमहासचिव  धरम बहादुर लामाको संयोजकत्वमा १००१ सदस्य चुनाव प्रचार प्रसार तथा निर्वाचन परिचालन कमिटी गठन समेत गरी सकेको छ ।
खेलकुदलाई मनोरञ्जन र अतिरिक्त क्रियाकलाप मात्र नसम्झेर खेलकुद मानव जीवनको अनिवार्य क्रियाकलापका रूपमा लिनु पर्ने कुरामा प्रदेश न १ खेलकुद विकास बोर्डका सदस्य सचिव तथा नेपाल खेलकुद महासङका अध्यक्ष कृष्ण बस्नेत(परशुराम) ले जोड दिए ।
कार्यक्रममा महासङ्घका निवर्तमान उपाध्यक्ष ओमकृष्ण प्रसाईँ, दीपेन्द्र दाहाल र कोषाध्यक्ष  विदुर शर्मा लगायतको उपस्थिति थियो । यसै गरी, उपमहासचिव धरम बहादुर लामा, उमेश केसी, सचिव कपिल न्यौपाने, महासङ्घका बागमती अध्यक्ष सिताराम कार्की तथा नेकपा एमाले  चितवन जिल्ला कमिटीका उपाध्यक्ष कमल पाठक र  उपसचिव निशा अधिकारी लगायत सो कार्यक्रममा उपस्थित थिए ।
Comment