आरुष र स्वर्णिम प्रिन्स तथा प्रीन्सेस 

लिटील पेगासस मन्टेश्वरी स्कूल धापासीले स्कूलका विद्यार्थीहरुका बीचमा लिटील प्रिन्स ,प्रिन्सेस सांस्कृतिक प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । अभिभावक तथा अन्य विशेष अतिथिको उपस्थिति सम्पन्न एक दिवसीय उक्त कार्यक्रम मनोरञ्जनात्मक, ज्ञानवर्धक तथा रचनात्मक रुपमा सम्पन्न भएको छ ।

चार्मीङ  प्रिन्सको उपाधि कक्षा प्रि–वानका विद्यार्थी आरुष गुरुङले हात पार्न सफल बने । चार्मीङ  प्रिन्ससेसको उपाधि कक्षा प्रि–वानकै छात्रा स्वर्णिम काफ्लेले जित्न सफल भइन ।

सांस्कृतिक कार्यक्रम र ग्र्याजुएसनसहित भएको सो कार्यक्रमको प्रमुख अतिथि प्राध्यापक हरि दर्शन श्रेष्ठ थिए । यसै गरी डा. अमृत बोगटी विशेष अतिथि थिए भने पूर्व मन्त्री नारायण भाइ श्रेष्ठ अतिथि थिए । सरस्वती मावि टोखाका पूर्व निर्देशक श्याम थापा अतिथि थिए ।

कार्यक्रममा सङ्गीतकार तथा गायिका प्रेरणा परियार, पिस प्लस टु २०१९ की विजेता दृष्टि राई, स्प्रिङ गार्डेन प्रिन्सिपल निुत मानन्धर, अभिभावकको तर्फबाट प्रतिनिधित्व गरेकी पूर्व शिक्षिका अप्रेमा थापा मगर र मिस २०१७ को यजु कर्माचार्य निर्णायक थिए ।कार्यक्रमको सुरुदेखि अन्त्यसम्म रहेका अभिभावकहरुले प्रत्यक्ष मार्फत र अनलाइन भोट मार्फतविजेता छनोट गर्न निर्णायकलाई सहयोग गरेका थिए ।

निर्णयलाई पारदर्शी बनाउनका लागि अभिभावकको प्रतिनिधित्व पूर्व शिक्षिका प्रेमा गरेकी थिइन भने लामो समय शिक्षक्षेत्रमा विताएकी शिक्षिका नितु मानन्धरले पनि निर्णायकको भूमिकामा रहेका थिइन ।

विद्यालयका प्रधानाध्यापक युरल पाण्डेले उद्घाटनको क्रममा पाण्डेले कोभिड १९ को कारण बालबालिकामा मनोवैज्ञानिक असर परेका कारण त्यो मनोवैज्ञानिक असर हटाउन यी  कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक इ श्रेष्ठले आफ्नो बाल्यकालको स्मरण गर्दै उमेर अनुसार बालबालिकाहरुलाई अतिरिक्क्त सिर्जनात्मक कुराहरु सिकाउनु पर्ने बताए । उनले लिटील पेगाससका विद्यार्थी बालबालिकाहरु सिर्जनात्मक क्षमताका भएको भन्दै विद्यालयलाई बधाई दिएका थिए ।

यस्तै अतिथि अतिथि समाजसेवी नारायणभाई श्रेष्ठले बालबालिका काचो माटो भएको बताउदै ६ वर्ष भित्रका बालबालिकालाई यस्तै प्रकृतिका कार्यक्रमहरुले हौसला प्रदान गर्ने बताए ।

सभापति अनीश श्रेष्ठले आफ्नो छोराले यसै विद्यालयमा पढेर राम्रो सफलता पाएको बताउँदै विद्यालयको औपचारिक पढाइ तथा अन्य रचनात्मक कार्यक्रम उत्कृष्ट रहने गरेको प्रतिक्रिया दिए ।

कार्यक्रममा गंगालाल अस्पतालका मुटुरोग विशेषज्ञ डा अमृत बोगटी, एक्टिभ किड्स गार्डेन मन्टेश्वरी स्कूलका प्रधान अध्यापक शारदा पाण्डेय,सरस्वती माध्यमिक विद्यालयका भूतपूर्व निर्देशक श्याम थापा तथा गीतामा क्यामपसका प्राध्यापक अच्यूत श्रेष्ठ लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा बालबालिकाहरुले गायन ,नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पस्केका थिए । विद्यालयका शिक्षक तथा शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी बालकलाकार दर्शिल पन्त तथा मिमिक राना मगरले आआफ्नो कला प्रस्तुत गरेका थिए ।

विजयी आरुषकी  आमा निर्मला गुरुङले छोराको सफलताले खुसी तुल्याएको बताउँदै यस किसिमको कार्यक्रमले बच्चाहरू सृजनशील भएको विचार व्यक्त गरिन् ।

 

Comment