प्रकाशबाट साग स्वर्ण विजेता पुरस्कृत

नेपाली बक्सिङका सफल खेलाडी तथा प्रशिक्षक प्रकाश थापा मगरले गत दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल .मिनु गुरुङ,सनील शाही र भूपेन्द्र थापा मगरलाई  एक लाख रुपैयाँ प्रदान गरे । साग स्वर्ण विजेता सनिल शाहीको तर्फबाट उनका बाबुले पुरस्कार ग्रहण गरे ।फुकेटमा आयोजना हुने थाइल्यान्ड ओपन बक्सिङको छनोटको  समापनका अवसरमा थापाले उनीहरूलाई पुरस्कृत गरेका हुन् ।
थापाले सो पुरस्कारका कारण खेलाडीको आत्मबलमा सहयोग पुग्ने विश्वास गरेको बताए ।
थापाकी आमा सुवद्रा थापा मगरले उनीहरूलाई पुरस्कार प्रदान गरिन् ।
सो कार्यक्रममा नेपाल बक्सिङ सङ्घका पूर्व अध्यक्ष उमेश मास्केका साथै सुवद्रालाई पनि सम्मान गरियो । सुवद्राका छोरा प्रकाश र रामचन्द्र  थापाले आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए ।
थापा खेलाडी हुँदा दाजु भाइले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए भने प्रकाश मुख्य प्रशिक्षक भए पछि साग खेलमा नेपालले बक्सिङको तीन स्वर्ण पदक जितेको  हो ।
Comment