आइएमइ पेको उपहार विजेता घोषणा

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले उत्सवको बहार दुबई घुम्ने उपहार भन्ने मूल नाराका साथ तयार पारेको स्किमको विजेता घोषणा भएको छ ।
धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भए । आइएमई काउन्टर वाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट विक्री गरे बापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा वहाँहरू विजेता बन्न सफल भएका हुन् ।
उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुबई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च  आइएमई पे एप मार्फत स्किमका विजेताहरूलाई ट्रान्सफर गरिएको छ ।
Comment