क्षेत्रीय बास्केटबल प्रतियोगितामा लमजुङ जिल्ला च्याम्पियन

क्षेत्रीय बास्केटबल प्रतियोगितामा लमजुङ जिल्ला च्याम्पियन पोखरा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरामा सञ्चालित क्षेत्रीय बास्केटबल प्रतियोगितामा लमजुङ जिल्ला च्याम्पियन बनेको छ। शुक्रबार बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा म्याग्दीलाई ६४–६१ ले पराजित गर्दै लमजङ जिल्ला च्याम्पियन बनेको हो।सो खेलमा लमजुङका सिद्धार्थ महर्जनले सर्वाधिक २८ स्कोर गरेका थिए।तेस्रो स्थानको लागि भएको खेलमा कास्कीले मुस्ताङलाई ८०–६४ ले पाखा लगायो। सो खेलमा कास्कीका किरण पुनले सर्वाधिक २७ स्कोर गरेका थिए। यसअघि भएको पहिलो सेमिफाइनल खेलमा लमजुङले कास्कीलाई ६९–६८ ले हरायो। सो खेलमा लमजुङका सिद्धार्थ महर्जनले सर्वाधिक २६ स्कोर गरेका थिए।दोस्रो खेलमा म्याग्दीले मुस्ताङलाई ६२–४९ ले पन्छायो। सो खेलमा म्याग्दीका किरण पुनले सर्वाधिक २२ स्कोर गरेका थिए। विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, क्षेत्रीय खेलकुद विकास समितिका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक रतन गुरुङ, कार्यालय प्रमुख डेमबहादुर बस्नेत र कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा लगायतले पुरस्कार प्रदान गरे। यसैबीच क्षेत्रीय बास्केटबल, ब्याडमिन्टन र आईटीएफ तेक्वान्दो प्रतियोगिताको ओभरअलमा कास्की जिल्ला च्याम्पियन बनेको छ।कास्की ब्याडमिन्टनमा प्रथम, आईटीएफ तेक्वान्दोमा तेस्रो तथा बास्केटबलमा तेस्रो हुँदै ओभरअलमा च्याम्पियन बनेको हो। यस्तै आईटीएफमा दोस्रो बनेको बागलुङ दोस्रो भएको छ।

Comment