महिला दिवसको अवसरमा सेमिनार

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँमा एब्रोड स्टडीज एन्ड उमन तथा अपरच्युनीटी आफ्टर रिटर्नीङ टु नेपाल विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली कराँते तथा सेल्फ डिफेन्स प्रशिक्षक राधिका हमालले वैदेशिक भ्रमण तथा अध्ययनका साथै नेपालमा रहँदा आवश्यक पर्ने आत्मरक्षा प्रशिक्षणको बारे विचार व्यक्त गरेकी थिइन् ।
सो कार्यक्रममा नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष प्रोफेसर तारा पोखरेल,सोसीयल इन्टरप्रनेरसीप डेभ्लपमेन्ट फन्ड(एसइडीएफ)की संस्थापक सदस्य प्रकृति मैनालीले आफ्नो विचार राखेका थिए ।
मुन्नी शर्मा र इसिका पन्तले पनि आफ्नो धारणा राखेका थिए ।
Comment