अवार्डलाई नबिलको सह प्रायोजन

नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडसँग सह–प्रायोजन सम्झौता गरेको छ ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ९देवेन्द्र० र नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडका प्रमुख मनोहर कँडेलले सह–प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । १८ औँ संस्करणको पल्सर स्पोर्टस अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने छ ।
सह–प्रायोजक बनेबापत नबिलले अवार्डलाई लगानी व्यवस्थापक पार्टनरको रूपमा आर्थिक सहयोग गर्नेछ ।
सम्झौता कार्यक्रममा नबिलका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले चर्चित संस्था नबिललाई अवार्डको सहयोगीको रूपमा पाउनु खुसीको क्षण भएको बताए । सुवेदीले सह–प्रायोजन गरेकोमा प्रमुख कँडेल प्रति धन्यवाद व्यक्त गरे ।
स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा सन्तोषी श्रेष्ठ       ९एथलेटिक्स०, एन्जिला तुम्बापो सुब्बा एलिना महर्जन, र कुशल भुर्तेल  र प्रिन्स दाहाल ९ब्याडमिन्टन० रहेका छन् । अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।
Comment