तेक्वान्दो टोली बेल्जियम जाने

बेल्जियन ओपन जी– २ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्दै छ ।
चैत ५ देखि ६ गतेसम्म हुने प्रतियोगिताको ८० केजीमुनि धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर महरा, ६३ केजीमा अब्बास खान तथा ५४ केजीमा मोहम्मद उमर खानले नेपालको चुनौती पेस गर्ने छन् । टोलीमा २ खेलाडी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता छन् । १३ औँ सागमा वीरबहादुरले स्वर्ण तथा शिशिरले कांस्य जितेका थिए ।
टोली प्रमुखमा गोपाल श्रेष्ठ, प्रशिक्षकमा क्वान यङ दल र रोशन खान तथा व्यवस्थापकमा सैलेश श्रेष्ठ रहेका छन् । ग्योरोगीका सेकेन्ड क्लास निर्णायक अशोक खड्का र रवीन्द्र मल्ल तथा दीपेन्द्र ढकालले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
Comment