झिल्टुङ दौडको उपाधि राजेन्द्र र निकीलाई 

छैटौँ झिल्टुङ क्रस कन्ट्री दौड २०७८ को १३. ५ किलोमिटरको दुरीको पुरुष तर्फ नेपाल ए पी एफ क्लबका राजेन्द्र तामाङ र महिला तर्फ धरानकी निकी नेम्बांग लिम्बुले जितेका छन् । यही फाल्गुन २८ गते शनिवार बेलकोटगढी नगरपालिका, वडा नं ५,कोल्पुटारमा भएको उक्त क्रस कन्ट्री दौड प्रतियोगितामा महिला र पुरुष सहित ३८० जना खेलाडीहरूले भाग लिएका थिए । पुरुष १३.५ किलोमिटरमा रामजी बस्नेत दोस्रो र भीम बहादुर गुरुङ तेस्रो भए भने महिला तर्फ नितु तामाङ दोस्रो र छोकी शेर्पा तेस्रो भए ।
 स्थानीय पुरुष तर्फ सुजन श्रेष्ठ प्रथम, विमल थापा मगर दोस्रो र राजीव नेपाल तेस्रो भएका छन् । ४.५ किलोमिटर छात्र जुनियर खुल्लामा विश्वराम प्रथम, अशोक बोराम दोस्रो र सुमन शेर्पा लिम्बु तेस्रो भए भने छात्रा तर्फ कञ्चनपुर का सरस्वती बोहरा प्रथम, मनीषा गिरी दोस्रा र गोमा बुढामगर तेस्रो भइन ।
 स्थानीय  छात्र तर्फ पवन राई प्रथम, सुमन श्रेष्ठ दोस्रो र असल थापामगर तेस्रो भएका छन् भने छात्रामा सपना श्रेष्ठ,अस्मिता दुलाल र पिस्कीला दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । स्थानीय पुरुष ४५ वर्षमाथिको दौडमा राजेन्द्र प्रसाद नेपाल प्रथम, मिठु नेपाल दोस्रा र विष्णु बहादुर श्रेष्ठ तेस्रो हुनु भएका छन् । ४.५ किलोमिटरको आमा समूहमा कमला श्रेष्ठ पहिलो, सन्तुमाया श्रेष्ठ दोस्रा र विमला श्रेष्ठ तेस्रो भए । खुल्ला भेट्रान १३.५ किलोमिटर दौड कीर्तिपुरका धर्म महर्जनले जितेका छन् , दोस्रोमा रेवत बहादुर दाहाल र तेस्रो स्थान भीम बहादुर गुरुङ ले प्राप्त गरेका छन् । एथलेटिक्स परिवार ,नेपाल ले सो प्रतियोगितामा प्राविधिक सहयोग गरेको थियो ।
Comment