जुनियर टेबलटेनिसमा एसओएस च्याम्पियन

पोखरा
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरा रड्डशालामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत शुक्रबार टेबलटेनिस प्रतियोगिता सम्पन्न भयो।
कास्की जिल्ला टेबलटेनिस सङ्घको व्यवस्थापनमा शुक्रबार भएको प्रतियोगितामा जुनियरतर्फ एसओएस हर्मन माइनर स्कुल च्याम्पियन बन्न सफल भएको छ। उसले चार स्वर्ण, चार रजत र १० कास्यपदक प्राप्त गरेको थियो। यस्तै तीन स्वर्ण र एक कास्यपदक प्राप्त गरेको न्याश्नल इन्भेन्टिभ बोर्डिङ स्कुल द्वितीय हुन सफल भयो।
जुनियर गल्र्स सिड्डलतर्फ एसओएस स्कुलका मनिषा श्रेष्ठ प्रथम, एसओएसकै सुजिता पौडेल द्वितीय तथा सिद्धार्थ बोर्डिङ स्कुलका आयुष्का रञ्जित र प्रतिभा केसी तृतीय भए। डबल्सतर्फ एसओएसकै मनिषा श्रेष्ठ र सुजिता पौडेलको जोडी प्रथम, सिद्धार्थका प्रतिभा केसी र आशुका रञ्जितको जोडी द्वितीय तथा एसओएसका कमला रानाभाट र कृतिका पराजुलीको जोडी र एसओएसकै नम्रता लामिछाने र सुशीला थापाको जोडी तृतीय भयो।
जुनियर ब्वाइज सिड्डल्सतर्फ न्याश्नल इन्भेन्टिभ बोर्डिङ स्कुलक ाविवेक भुजेल प्रथम, वेलनन एकेडेमीका नवीन गुरुङ द्वितीय तथा स्टेप बाई स्टेप उमाविका सुजन पौडेल र न्याश्नल इन्भेन्टिभका सञ्जय महत तृतीय भए। डबल्सतर्फ न्याश्नल इन्भेन्टिभका विवेक भुजेल र मदन पहारीको जोडी प्रथम, मदरल्याण्ड उमाविका नितेन पुन र निरज पुनको जोडी द्वितीय तथा वेलनन एकेडेमीका नवीन गुरुङ र राम गुरुङ तथा स्टेप बई स्टेपका सुजन पौडेल र विकल बरालको जोडी तृतीय भयो।
ओपन ब्वाइज सिड्डल्तर्फ कुलबहादुर रानाभाट प्रथम, अमृत अधिकरी द्वितीय तथा रुपबहादुर गुरुङ र अनिष कुँवर तृतीय भए। सिनियर ओपन ब्वाइज डबल्सतर्फ गोविन्द गुरुङ र कुलबहादुर रानाभाटको जोडी प्रथम, रुपबहादुर गुरुङ र सुन्दर गुरुङको जोडी द्वितीय तथा अनुष ढकाल र सौगात तथा अनिष कुँवर र सुमेश लामाको जोडी तृतीय भयो। ओपन मिक्स डबल्सतर्फ आशुका रञ्जित र अंशु कुँवरको जोडी प्रथम, रुपबहादुर गुरुङ र मनिषा श्रेष्ठको जोडी द्वितीय तथा नवीन गुरुङ र सुजिता पौडेलको जोडी तथा सुमेश लामा र प्रतिभा केसीको जोडी तृतीय भयो।
ओपन ग्लर्स सिड्डल्सतर्फ प्रतिभा श्रेष्ठ प्रथम, शिला नेपाली द्वितीय तथा सम्झना जिसी र ओमा ठाडामगर तृतीय भए।डबल्सतर्फ भीममाया गुरुङ र इन्द्रा दुराको जोडी प्रथम, अञ्जु गोले र सिर्जना नेपालीको जोडी द्वितीय तथा शिला नेपाली र सम्झना जिसीको जोडी तथा आरती गोले र सुकन्या वलीको जोडी तृतीय भयो।
विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेमबहादुर बस्नेत, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, कार्यालय प्रमुख प्रकाश बराल, पोखरा फोहोरमैला व्यवस्थापन प्रालिका अध्यक्ष मन्त्रीराज उलक, रेफ्री विष्णु अधिकारी, पूर्व क्षेत्रीय खेलाडी मिलन तामाङलगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगितामा ७४ जना खेलाडीको सहभागिता रहेको थियो।

Comment