रसिब गलाकमा अनुबन्धित


गलाक द लाइफ स्टायलले मुवाँथाइ खेलाडी रसिब जारीलाई १ वर्षका लागि शुक्रवार अनुबन्ध गरेको छ । गलाकका प्रमुख कार्यकारी अधिकृत अज्नब लिबीले रसिबलाई खेल पोसाक प्रदान गरी रसिबलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरे । नेपाल राष्ट्रिय मुवाँथाइ सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिको उपस्थितिमा रसिबलाई अनुबन्ध गरेको घोषणा गरिएको हो ।
गलाकले प्रति महिना १० हजार रुपैयाँ प्रदान गर्ने गरी १ वर्षका लागि रसिबलाई अनुबन्ध गरेको जनाएको छ । रसिब लाइट हेभी वेटतर्फ ४ पटकका च्याम्पियन हुन् ।
कार्यक्रममा अध्यक्ष कक्षपतिले मुवाँथाइमा पनि पहिलो पटक खेलाडी अनुबन्धको थालनी भएकोमा खुसी व्यक्त गर्दै गलाकलाई धन्यवाद दिए ।
अध्यक्ष कक्षपतिले भने– ‘ढीलै भए पनि मुवाँथाइमा पनि खेलाडी अनुबन्धको सुरुआत भएको छ । अरू खेलमा खेलाडी कुनै क्लब वा टिमसँग अनुबन्ध हुन्थे । तर पहिलो पटक मुवाँथाइमा पनि खेलाडी अनुबन्ध गर्ने परम्पराको थालनी भएकोमा खुसी छु । यसले मुवाँथाईलाई थप व्यवसायीकरण गर्ने विश्वास छ । गलाकलाई धन्यवाद’ प्रमुख कार्यकारी अधिकृत लिबीले आगामी दिनमा अन्य खेलाडीलाई पनि अनुबन्ध गर्ने योजना रहेको जानकारी गराए ।

Comment