आइएमई होस्टेमा हैँसे अफर सार्वजनिक

आइएमईले बैङ्क डिपोजिटलाई लक्षित गरी होस्टेमा हैँसे अफर  सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी उक्त अफर १७ फागुन देखि १७ चैतसम्म कायम रहनेछ ।
‘होस्टेमा हैँसे’ भन्ने मूल नाराका साथ तयार पारिएको उक्त अफर काठमाडौँ पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
अफर अन्तर्गत नेपाल भरी जुनसुकै बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन पाँच  जनालाई  १ हजार, हरेक साता दुई जना सेवाग्राहीलाई  २५ हजार रुपैयाँ  तथा बम्परमा एक जना सेवाग्राहीलाई  १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
अफर सार्वजनिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले होस्टेमा हैँसे अफर आम सेवाग्राहीहरूले आइएमईप्रति दर्साउँदै आएको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गर्दै यस्ता अफरहरूले आम सेवाग्राहीहरू र कम्पनीबिचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
Comment