फेन्सिङ प्रतियोगिता शनिवार देखि 

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा शनिवारबाट वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता’गर्ने भएको छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान तीन इभेन्टमा प्रतिस्पर्धा हुने नेपाल फेन्सिङ सङ्घका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी गराए । ओलम्पिक मापदण्डअनुसार तौलअनुसार पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी १२ तौल समूहमा प्रतिस्पर्धा हुनेछन् ।
वीर गणेशमान सिंह स्पोर्टस् कमिटीद्वारा आयोजना हुन लागेको फेन्सिङसहित तीन प्रतियोगिता हुने भएको छ । वैशाख ६ गतेदेखि ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता’ र वैशाख १६ गते ‘तेस्रो वीर गणेशमान सिंह १० हजार मिटर रोड रेस’ आयोजना हुने वीर गणेशमान सिंह स्पोर्टस् कमिटीका संयोजक सञ्जीव तुलाधरले जानकारी  दिए ।
यस्तै, वैशाखमा हुने १० हजार मिटर रोड रेसमा यस वर्षबाट पाँच किलो मिटर दौडलाई पनि समावेश गरिएको तुलाधरले बताए ।
तीन प्रतियोगिता आयोजना गर्न लागेको वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले फेन्सिङ आयोजना गर्न २५ लाख रुपैंया, बक्सिङमा ५० लाख रुपैंया र दौडमा १५ लाखसहित कुल ९० लाख रुपैंया खर्च हुने अनुमान गरेको छ ।
Comment