दोलखामा ब्याडमिन्टन प्रतियोगिता हुँदै 

दोलखाको चरिकोटमा २३ फागुन देखि प्रथम भीमेश्वर कप खुल्ला मेन्स डबल तथा जिल्ला स्तरीय ब्याडमिन्टन मेन्स डबल प्रतियोगिता आयोजना हुने भएको छ । लालीगुराँस युवा क्लबको आयोजना तथा दोलखा जिल्ला ब्याडमिन्टन सङ्घको सह आयोजनामा हुने प्रतियोगिताको खेला तर्फको विजेताले ४० हजार तथा उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसै गरी तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । नेपालका शीर्ष २० बरीयताका खेलाडीलाई भने सहभागी हुन दिइने छैन ।
जिल्ला स्तरीय तर्फ विजेताले १५ हजार, उपविजेताले ८ हजार तथा तेस्रो हुने जोडीले ४ हजार रुपैयाँ पाउने छन् । यस प्रतियोगितालाई प्रदेश स्तरीय प्रतियोगिताको छनोट समेत मानिएको छ ।
Comment