ब्याडमिन्टनमा विदेश पलायनको लर्को
Manoj Shiama
26 February, 2022 12:17 pm

बलराम थापा र पशुपति पनेरु । कुनै समय नेपाली ब्याडमिन्टनका उपाधिका लागि यी दुई खेलाडीको बिचमा प्रतिस्पर्धा हुने गरेको थियो । यो समय थियो, बि.स २०५० को दशकको अन्त्य तीरको । लामो समय भयो , यी दुवै बिदेसिएको छ ।
सन् २००८ को समय नेपाली ब्याडमिन्टनमा थुप्रै खेलाडी विदेश पलायन हुने लर्को लागी सकेको थियो । थापा र पशुपतिसँगै सुमिना श्रेष्ठ पनि बिदेसिएकी छिन् । महिला तर्फ एकछत्र प्रभाव जमाएकी सुमिनाको विदेश पलायन पछि महिला तर्फ लामो समय नेपाली ब्याडमिन्टनमा एउटा ठुलो खाडल परेको थियो । त्यसै अवस्था पनेरु र थापाको विदेश पलायनले पनि भएको थियो ।
अहिले विकास श्रेष्ठ र रत्न जित तामाङ अमेरिकामा छन् । सूचना श्रोत भन्छ, ‘रत्न जितले नेपाली सेनाको जागिरबाट राजीनामा दिई सकेका छन् । यसको मतलब उनी पनि अब नेपालमै रहने सम्भावना अत्यन्त न्युन छ ।’
नेपालको आर्थिक र सामाजिक अवस्था हेर्दा प्राय नेपालीले अमेरिका बसाइको अवसरलाई उपयोग गर्न खोज्नु स्वाभाविक हो । तथापि ब्याडमिन्टनमा स्टार खेलाडीको विदेश यात्राको कारण अहिले धेरैको मनमा प्रश्न चिन्ह उब्जिएको हो ।
नेपाली ब्याडमिन्टनलाई नजिकबाट हेरेका एक व्यक्ति भन्छन्,‘सिनीयर र सङ्घ भित्रकै सबै कुरा बुझ्ने खेलाडी विदेश गए पछि जुनियर खेलाडी माथि थिचोमिचो गर्न सहज हुने भएकाले सङ्घ नेतृत्व यस कुरामा तल्लीन छ ।’ त्यसो त नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ नै विगतमा लामो समय जापानमा बसेर नेपाल आएका थिए । यसै गरी नवीन विक्रम शाह पनि लामो समय विदेशमा थिए ।
जापान बसेर नेपाल आइ सके पछि त्यस भन्दा अघिल्लो पुस्ताका खेलाडी नरेश बहादुर सिंह र प्रताप अधिकारी लगायतलाई उनले बेवास्ता गरेका हुन् । धेरैको त के कुरामा पनि मत छ भने नरेश बहादुरलाई त उनले ठुलो चलखेल सहित ब्याडमिन्टनबाट टाढा गरेका थिए ।
नेपालका केही ब्याडमिन्टन अधिकारी भन्छन्, ‘आफू भन्दा सिनीयरलाई बेवास्ता गर्ने रामजी श्रेष्ठको नेतृत्वले खेलाडीको हकमा सिनीयर खेलाडीलाई विदेश पठाउने नीति लिएका छन् ।’ सङ्घकै पदाधिकारी समेत भई सकेका ज्ञानेन्द्र सिपाही पनि अहिले विदेशमा छन् ।