प्रोफेसनल आइटिएफ चैत पहिलो साता

जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप ५ र ६ चैतमा काठमाडौँमा हुने भएको छ । प्रतियोगिता गिरिजा प्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभाग ,बाग्मती प्रदेश समितिको आयोजना तथा नेपाल आइटिएफको सहकार्यमा हुन लागेको हो ।
प्रतियोगिताको महिला तर्फ ४७ देखि ५५ तथा पुरुष तर्फ ५५ देखि ६३ केजी तौल  समूहमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा पहिलो हुने खेलाडीले ५ सय ,दोस्रो हुनेले ३ सय ता तेस्रो  हुने खेलाडीले २ सय अमेरिकी डलर पुरस्कार  पाउने छन् ।

 प्रतियोगिता नेपाल आइटिएफकी राष्ट्रिय प्रशिक्षक तथा जिपी कोइराला फाउन्डेसन खेलकुद कमिटी बाग्मती विभागकी प्रमुख तुलसी थापाको संयोजकत्वमा हुने छ  ।
Comment