आर्मी र टाइम्स फाइनलमा

नेपाल आर्मी र टाइम्स लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधवार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले रोयल बास्केटबल एकेडेमीलाई ८२–७३ ले पराजित ग¥यो । आर्मीका रोविन खत्रीले १७ अङ्क जोडे । रोयलका निकेश मगरले २५ स्कोर गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।
सुरुका तीन क्वाटरमा आर्मीले २१–१८,  २४–१३ र १९–१६ को अग्रता लिँदै जितको आधार खडा गरेको थियो । अन्तिम तथा चौथो क्वाटरमा भने आर्मी १८–२६ ले पछि प¥यो ।
हारसँगै रोयल दोहोरो फाइनल खेल्नबाट चुक्यो । महिलाको राउन्ड रोविन लिगमा भने रोयल विजेता बन्दै फाइनल पुगिसकेको छ । रोयलले नेपाल प्रहरीसँग उपाधि भिडन्त पक्का गरेको हो ।
अर्को सेमिफाइनलमा टाइम्सले गोल्डेनगेटलाई ८४–६७ ले हरायो । टाइम्सका विजय बुर्जाले २५ अङ्क बटुले । चौथो क्वाटर २०–२० को बराबरीमा टुङ्गियो भने बाँकीमा टाइम्सले अग्रता लियो । टाइम्सले पहिलोमा २३–१४, दोस्रोमा २३–१९ र तेस्रोमा १८–१४ को अग्रता बनायो ।
महिलातर्फ राउन्ड रोविन लिगको अन्तिम खेलमा रुपन्देहीले कीर्तिपुरलाई ४५–४१ ले पन्छायो । रुपन्देहीकी दीपिका गुरुङले २२ स्कोर गरिन् । कीर्तिपुरका लागि प्रजिता कार्कीले १५ अङ्क जोडिन् । पाँच टिम सहभागी महिलामा रुपन्देही चौथो भयो । पराजित कीर्तिपुर पुछारमा रह्यो । ललितपुर हाइले तेस्रो स्थानमा स्पर्धा टुङ्गायो ।
नेपाल बास्केटबल सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुने छ ।
Comment