युएईसँग नेपालको हार 

 आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ । १७६ रनको लक्ष्यको जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र जोड्यो ।
नेपालका दीपेन्द्र सिंह ऐरीले ३८ बलमा ३८ रन, ज्ञानेन्द्र मल्लले १६ बलमा २० रन र आरिफ शेखले १२ बलमा ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
युएईका अहमेद राजाले ५, जुनेद सिद्धिकीले ३ विकेट लिँदा जहुर खान र रोहन मुस्तफाले १–१ विकेट लिए । त्यसअघि युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन जोड्यो ।
युएईका लागि मुहम्मद बसिमले ४८ बलमा ७० रनको योगदान गरे । यस्तै, भृत्य अरविन्दले २३ बलमा ४६ रन जोडे ।
नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले ३ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए ।
Comment