खाँडादेवीलाई पहिलो स्थान 

रामेछाप जिल्लामा चौथो तेक्वान्दो आइटिएफ जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खाँडादेवी आइटिएफ तेक्वान्दो डोजाङ आठ स्वर्ण सहित पहिलो भएको छ । यसै गरी, सुनापती ५ स्वर्ण सहित दोस्रो तथा मन्थली ३ स्वर्ण सहित तेस्रो भए ।
पुरुषमा कमल कार्की तथा महिलामा विनीता मगर उत्कृष्ट खेलाडी भए ।
नेपाल आइटिएफ तेक्वान्दो महासङ्घका केन्द्रीय सदस्य रूपसिंह मोक्तानले दिएको जानकारी अनुसार सुनापती तेक्वान्दो आइटिएफ एकेडेमीका अध्यक्ष बाबुराम तामाङको सभापतित्वका भएको कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो ।
Comment