डब्लुएसएफ स्नुकर च्याम्पियनसिपमा नेपालको सहभागिता

विश्व स्नुकर फेडरेसन च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बेलायत तर्फ प्रस्थान गरेको छ ।  प्रतियोगिताको विजेता खेलाडीले ७ हजार ५ सय, उपविजेताले २ हजार ७ सय ५० तथा सेमिफाइनल प्रवेश गर्ने खेलाडीले १ हजार २ सय ५० पाउन्ड पुरस्कार पाउने छन् ।
नेपालबाट राजन लामा, रेगन श्रेष्ठ,निर्मल बोगटी र दीपक मगरले सहभागिता जनाउने छन् । यस अघि नेपालले कतारमा भएको एसियन स्नुकर च्याम्पियनसिपमा सहभागिता जनाइ सकेको छ । विश्व च्याम्पियनसिपमा सहभागिता जनाइ सकेको स्नुकर सङ्घको तर्फबाट जुनियर एसियन च्याम्पियनसिपमा  खेलाडीलाई सहभागी गराइएको थियो ।  ढाकमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा पनि नेपालले सहभागिता जनाएको थियो ।
Comment